Thursday, 14 January 2016

एसएलसी तयारी कक्षा रेडियो र टीभीबाट


office of the controller of the examination

Image result for slc board nepal
एसएलसी तयारी कक्षा रेडियो र टीभीबाट 
Image result for radio and television 

मंसिर २४, २०७२- शिक्षा मन्त्रालयले दस कक्षाका विद्यार्थीलाई लक्षित गरेर शनिबारदेखि रेडियोबाट एसएलसी तयारी कक्षा सुरु गर्ने भएको छ।
तराई आन्दोलनले कोर्षसमेत पूरा गर्न नसक्ने भएपछि सरकारले वैकल्पिक व्यवस्था गरेको हो। एक शैक्षिक सत्रमा २ सय २० दिन विद्यालय खोल्नुपर्ने र कम्तीमा १ सय ९० दिन पढाइ हुनुपर्ने शिक्षा नियमावलीमा व्यवस्था छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार तराईका ८ जिल्लाबाट यसपटक ५६ हजार विद्यार्थीले एसएलसी दिँदैछन्। शैक्षिक जनशक्ति विकास केन्द्रको दूर तथा खुला शिक्षा महाशाखाका उपनिर्देशक शिवकुमार सापकोटाले रेडियोमार्फत पढाउने सामग्री उत्पादन भइरहेको जानकारी दिए।  सोमबारदेखि टेलिभिजनबाट पनि पढाउन लागिएको महाशाखाले जनाएको छ। तराई आन्दोलनले तीन महिनादेखि पढ्न नपाएपछि विद्युतीय माध्यमको प्रयोग गरेर पढाउन लागेको केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमले बताए। उनका अनुसार पहिलो चरणमा रेडियो नेपालबाट साँझ ७ बजेको समाचारपछि अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयको पढाइ हुनेछ।
यो विधिबाट पढाउन सरकारले छुट्टै बजेट व्यवस्था गरेको छैन। केन्द्रको नियमित कार्यक्रमबाटै सुरु गर्न लागिएको हो। महाशाखाले यसअघि खुल्ला विद्यालयबाट परीक्षा दिने विद्यार्थीलाई मात्रै लक्षित गरेर टीभी र रेडियोबाट पढाउँदै आएको थियो। विद्यालयमा नियमित जाने विद्यार्थीलाई लक्षित गरेर भने पहिलो पटक यो व्यवस्था गर्न लागेको हो।
महाशाखाले उत्पादन गरेको कार्यक्रम तराईका आठ जिल्लाका स्थानीय एफएमबाट बजाउने तयारी छ। एसएलसी तयारी वैकल्पिक कक्षा विद्यालय समयभन्दा फरक समय बिहान वा बेलुका प्रसारण हुने सापकोटाले बताए। यस्तो कक्षा परीक्षा सञ्चालन हुने अवधिसम्म बज्नेछ।
तराई आन्दोलनले ८ जिल्लाका १२ लाखभन्दा बढी विद्यार्थी पढाइबाट वञ्चित भएका थिए। मंसिर पहिलो सातादेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिहानीको समयमा विद्यालय खोल्न दिएको छ। विद्यालय खुले पनि शीतलहरले नियमित कक्षा सञ्चालन हुन सकेको छैन।
Reference: ekantipur.com

No comments:

Post a Comment