Saturday, 17 September 2016

Library and Information Science: The qualities of skillful leadership

Library and Information Science: The qualities of skillful leadership: If you want to be a leader who attracts quality people, the key is to become a person of quality yourself. Leadership is the ability to at...

Friday, 12 February 2016

Saraswati Puja Bidhi

सरस्वती पुजा विधि 

Dhyana (ध्यान)
Puja should begin with the meditation of Bhagawati Saraswati. Dhyana should be done in front of Bahi-Khate or books symbolically representing Goddess Saraswati. Following Mantra should be chanted while meditating on Bhagawati Saraswati.
Description: Dhyana Mantra
  1. Avahan (आवाहन)
Description: Avahan Mantra
Shri Saraswati-Devim Avahayami
  1. Pushpanjali Asana (पुष्पाञ्जलि-आसन)
Description: Pushpanjali Mantra
  1. Nav Upchara Pujan (नव उपचार पूजन)
After this perform Bhagwati Saraswati Puja with Chandan, Akshata, Pushpa, Dhoop, Deep and Naivedhya while chanting following Mantras.


Shri Saraswati-Devyai Asnarthe Pancha-Pushpani Samarpayami

Monday, 18 January 2016

एक मधेस प्रदेश सामन्तीको माग


राजविराज, २८ साउन । एमाले नेता केपी ओलीले एक मधेस प्रदेश केही सामन्तीहरु नेताहरुको माग रहेको आरोप लगाएका छन् । राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले एक मधेस प्रदेश असम्भव रहेको बताए । उनले देश र जनताको हितमा धेरैवटा प्रदेश अनुपयुक्त हुने बताए । उनले भने, ‘अब फेरि पनि कसैको विशेषाधिकार हुने ढंगको राज्य पुनःसंरचना स्वीकार्य हुँदैन ।’ एकीकृत माओवादी र मधेसवादी दलमा सत्तामोह मात्र रहेको आरोप लगाउदै उनले दलका नेताले दलगत स्वार्थभन्दा माथि उठेर निकास दिनुपर्ने बताए । उनले एमाओवादीले मोर्चाबन्दी गरेर दलबीचको दूरी बढाउन खोजेको आरोप लगाए । 

साभार: सौर्य दैनिक (२०६९ साउन २८ गते १२:३० मा प्रकाशित)

Sunday, 17 January 2016

FIR against Nawazuddin Siddiqui for manhandling woman


Image result for Nawazuddin Siddiqui  http://bit.ly/1OrnyXxJan 18, 2016- A police complaint was registered on Sunday against Bollywood actor Nawazuddin Siddiqui by a woman residing in his housing society alleging that the actor pushed her and behaved inappropriately during a dispute over parking space.
Heena Sheikh, 24-year-old daughter of Soni Dandekar, the chairperson of the Zohra Aghadi Nagar housing society at Yari Road, filed the complaint at the Versova police station saying she was manhandled by Nawazuddin's bodyguards.
"I have been living here since 1994 and he shifted here just a year back and he has captured the parking slot," Dandekar told IANS.
"We sent him many notices and even told him 'you are the flat owner, but this outside property is not yours', but he never acknowledged our complaints."
"Today, when my daughter went to click photographs of the parking slot captured by Nawazuddin, he along with his brother and support staff manhandled her and pushed her. So we immediately went to the police station to file a complaint against him," she said.


Ref: kantipur.com

पाँच महीनाभन्दा लामो मधेश आन्दोलन सम्भवत आजबाट टुङ्गिने

प्रमुख दल र मधेशी मोर्चा सहमतिनजिक, आज लिखित सम्झौता हुने

Image result for terai andolanमाघ ४,    काठमाडौँ । प्रमुख तीन राजनीतिक दल र तराई मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक
मधेशी मोर्चाबीच धेरै विषयमा सहमति भएको छ । सिंहदरबारमा आइतबार बसेको कार्यदलको बैठकमा
मधेशी मोर्चा राजनीतिक समितिमार्फत प्रदेशको सीमा निर्धारणलगायतका विषयमा सहमत हुन तयार
भएको हो ।
बैठकपछि नेताहरूले सहमतिको एकदमै नजिक रहेको प्रतिक्रिया दिँदै आ–आफ्नो पार्टी र शीर्ष नेतासँग
थप संवाद गरेर सोमबार नै सबै विषयलाई टुङ्गो लगाइने बताए । मोर्चाका तर्फबाट पेस भएका ११ बुँदामा
नै सहमतिको नजिक पुगेको जानकारी दिँदै उनीहरुले सोमबार साँझसम्म सकारात्मक निष्कर्षमा पुगिने
बताएका छन् ।
प्रमुख राजनीतिक दलले सीमाङ्कनको विषयमा उच्चस्तरीय समितिमार्फत तीन महीनाभित्र विवाद समाधान
गर्ने प्रस्ताव राख्दै आएका थिए । सो समितिको कार्यादेशका विषयमा भने विवाद रहँदै आएको छ । आइतबारको
वार्तापछि कार्यादेशको विषयमा समेत सहमति भएको बताइएको छ । तर सहमति कसरी र कुन आधारमा भयो
भन्नेमा भने नेताहरूले प्रतिक्रिया दिएका छैनन् ।
नेपाली काङ्ग्रेसका नेता एवम् कार्यदल सदस्य महेश आचार्यले मोर्चाका तर्फबाट समिति गठन र त्यसको
कार्यादेशको विषयमा शनिबारको बैठकमा उठाइएको विषयमा छलफल भएको बताए । सहमति हुने आधार
एकपछि अर्को गर्दै तयार भएको उल्लेख गर्दै उनले त्यसलाई कसरी मूर्त बनाउने भन्ने विषयमात्रै बाँकी रहेको
 स्पष्ट पारेका छन् । राजनीतिक समिति र त्यसको कार्यादेश सबैलाई मान्ने हुनेगरी बनाउने भन्नेमा विभिन्न
विकल्पमा विचार राख्ने काम भएको भन्दै उनले एकाध विषयबाहेक अरु सबै मुद्दामा सहमतिको नजिक पुगेको
बताउका छन् । नेता आचार्यले एकअर्काको धारणा र भनाइलाई अभिलेखीकरण गरिएको र साझा धारणा बनाउने
 प्रयत्न भइरहेको र सोमबारसम्म केही न केही सहमति हुनसक्ने विश्वास व्यक्त गरे ।  
एकीकृत नेकपा(माओवादी)का महासचिव कृष्णबहादुर महराले विगतको भन्दा ठोसरुपमा नै वार्तामा प्रगति भएको
जानकारी दिएका छन् । उनले प्रमुख तीन दलमा छुट्टाछुट्टै र संयुक्त रुपमा छलफल गरेर कार्यदलमा भएको
प्रगतिलाई जानकारी गराउने र अन्तिम निष्कर्षमा पुगिने बताए । “वार्ता एकदमै सकारात्मक भएको छ ।
व्यवस्थापिका–संसद्को अधिवेशन यही माघ ५ गते बोलाइएको सन्दर्भमा सो अगावै सहमति हुने आधार
बनेका छन् । दुवै पक्ष समस्या समाधानप्रति गम्भीर देखिएका छन्”–महासचिव महराले भने ।   
तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले एकदमै सकारात्मक ढङ्गबाट छलफल भएको
 र सहमतिको नजिक पुगिएको बताएका छन् । उनले पार्टी नेतृत्वसँग छलफल गरेर सोमबार पुनः ३ बजे बैठक
बस्ने र ठोस खाका तय गरिने बताए । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बुँदागत रुपमा नै खुलेर
 छलफल भएको भन्दै सकारात्मक निकास निस्कने बताए । उनले भने–“राजनीतिक समितिको अधिकार क्षेत्रको
 विषय र वैधानिकताको विषयमा लामै छलफल भयो । कार्यदल सहमतिनजिक पुगेको छ । पार्टीगत रुपमा नै
छलफल गरेर भोलि टुङ्गो लगाउँछौँ ।”
बैठकमा उपप्रधान एवम् रक्षामन्त्री भीमबहादुर रावल, एमाओवादीका महासचिव महरा, काँग्रेस नेता आचार्य,
तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष त्रिपाठी, सङ्घीय समाजवादी फोरम नेपालका तर्फबाट
डा मङ्गलसिद्धि मानन्धर, तराई मधेस सद्भावना पार्टीका नेता रामनरेश राय सहभागी थिए । रासस
Ref: abhiyan

मागेको सबै पुर्‍याउँदै जाने हो भने....

फागुन ७ को साइत निकालेर सुरु गरिएको २०४६ को आन्दोलन त्यसै वर्षको चैत २६ गते पञ्चायती व्यवस्था विघटनसँगै समाप्त भयो। नेपाल उन्नति र विकासको चरणमा प्रवेश गरेको उद्घोषसँगै विभिन्न लोभलाग्दा सपना बाँडिए। 
 
मेलम्ची पानीले काठमाडौँका सडक पखाल्नेदेखि मुलुकलाई सिंगापुर जस्तै बनाउने सपनामा कुनै शंका पनि गरिएन र सपना बाँड्नेको खिल्ली पनि उडाइएन। तर विडम्बना भन्नुपर्छ-त्यो आन्दोलन सुरु भएको ६ वर्ष पुग्न करिब एक हप्ता बाँकी छँदै मुलुक अर्को चरणको हिंसात्मक आन्दोलनमा फस्यो, २०५२ साल फागुन १ गतेबाट माओवादी सशस्त्र विद्रोहको रूपमा।
करिब १० वर्षको यो त्रासदीमा नेपालले जे-जे भोग्नुपर्‍यो र जुन मूल्य चुकाउनुपर्‍यो, त्यसको लेखाजोखा इतिहासले गर्ला नै, तैपनि शान्ति प्रक्रिया, शान्ति-सम्झौता आदि शान्तिका अनेकौँ प्रयत्न भए पनि नेपालले शान्ति भने अनुभव गर्न पाएन।
 
संक्रमणकालको ओत पाएर त्यो अवस्थालाई स्वाभाविक नै भने पनि भोग्नेहरूले पीडा भोगेकै हुन्। संसारभर शान्तिसेना पठाएर शान्ति कायम गर्न सघाउने मुलुक नेपालले आफ्नो मुलुकमा शान्ति कायम गर्न राष्ट्रसंघ नगुहारी धरै पाएन। यो विडम्बना हैन?
 
छयालीस सालदेखि नै काम गर्न जेजेलाई वाधा भनेर भनियो, त्यो/त्यो हटाइयो । निर्दलीय व्यवस्थाले वाधा दिएको भनियो, त्यो विनासर्त हटाइयो र त्यस बेलामा के राम्रो वा नराम्रो भएको थियो, केलाउने प्रयत्न पनि गरिएन। राजाको सक्रियतालाई वाधक भनियो।
 
राजालाई संवैधानिकका नाममा आलंकारिक मात्र राखियो। राजाले बेलाबेलामा वाधा दिए भनेर भनियो र राजसंस्था नै कुनामा पुर्‍याइयो। धर्मले बाधा गर्‍यो भनेर मुलुक धर्म निरपेक्ष गरियो। एकीकृत राज्य व्यवस्थाले अन्याय गर्‍यो भनेर भनियो र मुलुकलाई संघीयतामा लगियो। वर्ग हैन जाति, थिचोमिचोका कारण भनियो र थिचिएका भनिएका जातजातिलाई आरक्षण दिइयो।
 
यी सबै परिवर्तन अगाडि वा पछाडि नेपाली जनताले पूरा समर्पणका साथ दल तथा नेताका कुरा माने। एकपटक पनि परिवर्तन पहिलेको र पछिको अवस्था दाँजेर हेर्ने प्रयत्न पनि गरेनन्। योभन्दा अगाध आस्था अरू के हुन सक्छ र? तर मागेका कुरा सबै पुर्‍याइदिँदा पनि, उनीहरूले काममा बाधा भनेको सबै कुरा हटाइदिँदा पनि नेपालीले भोग्नुपरेका कष्ट र पीडा घट्नुको साटो झन् बढेको छ।
 
करिब तीन दसकदेखि बाँडिएका हरेक सपना, देखाइएका हरेक आशा पूरा हुन्छन् भनेर विश्वास गरेर बसेका नेपाली जनता अब थप आश्वासन र सपना हैन, केही भए पनि अत्यावश्यक र आधारभूत सहजताको निर्माण भएको हेर्न चाहन्छन्।
 
यो कुरामा सबैजसो एकमत नै छनन्। करिब तीन दसकदेखि बाँडिएका हरेक सपना, देखाइएका हरेक आशा पूरा हुन्छन् भनेर विश्वास गरेर बसेका नेपाली जनता अब थप आश्वासन र सपना हैन, केही भए पनि अत्यावश्यक र आधारभूत सहजताको निर्माण भएको हेर्न चाहन्छन्।
 
६२ सालताका भएको हप्ताको ६ घन्टाको लोडसेडिङ पनि कष्टकर ठान्ने जनता दिनमै १४ घन्टाको घोषित लोडसेडिङमा केही समय भए पनि कमी चाहन्छन्। वर्ष दिनमा लोडसेडिङमुक्त हुने उधारो आश्वासनभन्दा आजैदेखि एक घन्टा भए पनि लोडसेडिङ कम भएको भोग्न चाहन्छन्।
 
इन्धनको चरम अभावमा बन्द भएको चुलोमा वर्ष दिनमा सिलिन्डर नै राख्न नपर्ने सपनाभन्दा पूरा नभए पनि दिनमा एक छाक पकाउन भए पनि ग्यास सिलिन्डर प्राप्त होस् भन्ने चाहन्छन्। पेट्रोल तथा डिजलको अभावमा ठप्पप्राय भएको आवागमन, ढुवानी आदि कार्यकलाप आजैदेखि सैकडा दस-बीस भए पनि बढोस् भन्ने चाहन्छन्। तर विडम्बना, यो पाउनुको साटो वर्ष दिनपछि एक सहज जीवनको आश्वासन पाइरहेको छ।
 
नेपाली जनताले प्रधानमन्त्रीका सपना, योजना आदिको खिल्ली उडाएको होइन। उनले त त्यो सपना पूरा भएको हेर्न, बाँच्न न्यूनतम परिस्थिति मागेको हो । प्रधानमन्त्रीले असम्भव र संसारमै नभएको कुरा पूरा गर्ने आश्वासन दिएको हैन भन्ने जनतालाई थाहा छ।
 
त्यो योजना पूरा गर्न समय लाग्छ त्यो पनि थाहा छ। तर त्यो पर्खनुपर्ने समयसम्म बाँच्ने आधार खोजेको हो । बरु त्यो योजनाको भाका बढाएर भए पनि एक वर्षमा दिने भनेको कुराको न्यूनतम हिस्सा जो बाँच्न आवश्यक छ, त्यो अहिल्यै मागेको हो । तर विडम्बना प्रधानमन्त्री जनताले आफ्नो खिल्ली उडाएको सम्झन पुगे।
 
प्रधानमन्त्रीका यी आश्वासनको प्रतिरक्षा गर्न तम्सेकाहरू यी कुरा अन्यत्र भएको प्रमाण पेस गर्दैछन्, जुन आवश्यक नै छैन । किनभने नेपालका सबैजसो पौरखी हात तिनै मुलुकमा छन्। उनीहरू आफूलाई एक वर्षपछि दिने भनेको सुविधा ती मुलकका नागरिकलाई दिने काममा मजदुरी गर्दैछन्। 
 
त्यही मजदुरीबाट प्राप्त ज्याला बचाएर आफन्तको प्राण धान्न नेपाल पठाउँदैछन् । सरकारी तथ्यांक हर्ने हो भने मुलुक तिनैले पठाएको रकमले धानिएको छ । आधुनिक प्रविधिको प्रयोगले नेपालभित्रै रहेकाहरू पनि अन्यत्र त्यो सुविधा भएको कुरा देख्दैछन्, जान्दैछन्।
 
अहम् कुरो त के छ भने मानौँ जनताले पत्याएनन् अरे, खिल्ली उडाए अरे, तर त्यो पूरा गर्न गर्नुपर्ने काम गर्ने हात त रोक्न गएका छैनन् । त्यसैले पूरा गरेर देखाउन वाधा केले भयो भनेर अचम्म मान्नुपर्ने अवस्था आएको छ। 
 
विगतका करिब ३० वर्षमा दलहरूले दलका नेताहरूले भनेको हरेक वाधा हटाइएका छन् । निर्वाध रूपमा हरेक विकल्प प्रयोग गर्न स्वतन्त्र छोडिएको छ, चाहे त्यो विकल्प संविधानभित्र होस् या बाहिर। सम्पूर्ण राज्यशक्ति निर्बाध सञ्चालन गर्ने अधिकार सुम्पिएको छ । सबै किसिमका गठबन्धनहरूका अभ्यास भइसकेका छन्। अब थप देखाउने बाधा पनि छैन र अभ्यास पनि बाँकी छैन।
 
थप मौकामा गर्न सक्ने न कुनै नयाँ किसिमको गठबन्धन बाँकी छ न नयाँ कार्य योजना नै। अब जे कुरा हुन्छ, त्यो पहिले भइसकेका कुराको पुनरावृत्ति मात्र हुन्छ। त्यसैले अब कुनै निकास, कुनै विकल्प वा अभ्यास बाँकी छ भने त्यो केवल जनतासँग मात्र बाँकी छ। 
 
यो विडम्बना नै विडम्बनाले भरिएको नयाँ नेपालमा एकपटक सबैले पालो पाइसकेका छन्, अर्थात् एक चक्र पूरा भइसकेको छ। अर्को चक्रको प्रस्थान बिन्दु कहाँबाट र कोबाट सुरु गर्ने हो, त्यो जनताले नै सोच्ने हो। नेपाली जनताले कहिले सोच्लान्, त्यो भने कूतुहलको विषय बनेको छ।
Ref: annapurnapost

ओलीको भारत भ्रमणमा चिनियाँ चासो

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित भारत भ्रमणका बारेमा उत्तरी छिमेकी चीनले औपचारिक र अनौपचारिक रूपमा चासो व्यक्त गर्न थालेको छ।
 
भारतभन्दा पहिले प्रधानमन्त्री ओलीलाई आफ्नो मुलुक भ्रमण गराउने चाहना व्यक्त गरेका चिनियाँ अधिकारीले ओली सरकारका मन्त्रीहरूसँग उनको भारत भ्रमणबारे चासो व्यक्त गर्न थालेका हुन्।'प्रधानमन्त्रीको भारत भ्रमण कहिले हुँदैछ?' बन तथा भूसंरक्षणमन्त्री अग्नि सापकोटालाई बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री छन फङ सियाङले बिहीबार सोधेका थिए।
जबाफमा मन्त्री सापकोटाले भने, 'प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भइरहेको छ।' भारतले लगाएको नाकाबन्दीले नेपालको अर्थतन्त्रमा पारेको प्रभावबारे मन्त्री सापकोटाले छनसहित चिनियाँ अधिकारीहरूलाई जानकारी गराए पनि उनीहरूले त्यसबारे थप टिप्पणी गरेका थिएनन्। 
 
सापकोटा ६ दिने चीन भ्रमण पूरा गरी आइतबार काठमाडौं फर्केका छन्।स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई चीनले आफ्नो मुलुकको भ्रमण गराएर व्यापार तथा पारवहन सन्धि, स्वतन्त्र व्यापार सम्झौता र द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता (बिप्पा) गराउन चाहेको थियो।
 
चीनबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री ओलीलाई चाँडै चीन भ्रमण गराउन चिनियाँ अधिकारीहरू इच्छुक रहेको जानकारी गराएका थिए । ओलीको भ्रमणमा महत्वपूर्ण सम्झौताहरू हुने परराष्ट्रमन्त्री थापाले बताएका थिए।
 
आफ्नो चाहनाअनुसार प्रधानमन्त्री ओलीले भ्रमणतालिका तय नगरेपछि चिनियाँ अधिकारीहरू अनौपचारिक रूपमा असन्तुष्ट देखिन थालेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा बेइजिङस्थित इन्टरनेसनल स्टडिज युनिभर्सिटीका इन्डियन स्टडिज सेन्टरका कार्यकारीनिर्देशक सु लियाङको हालै प्रकाशित एक लेखमा प्रधानमन्त्री ओलीलाई पहिलो विदेश भ्रमण चीनबाट सुरु गर्न सुझाव दिए पनि ओली नेतृत्वको सरकारले गम्भीरतापूर्वक नलिएको उल्लेख छ।
 
'वास्तवमा भारत सरकारको चरम दम्भ यो छ कि ओलीको पहिलो विदेश भ्रमण भारत नै होस् । भारत आफ्नो दबदबा दक्षिणएसियामा कायमै राख्न चाहन्छ’, सुले लेखेका छन्, 'भारतले ओलीलाई पहिलो विदेश भ्रमण भारत गराउने र नाकाबन्दी खोलिदिने सहमति गर्न लागेको जस्तो देखिन्छ । त्यसैले उनको भ्रमण चीन नभई भारत हुन लागेको हो।'
 
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको हैसियतमा २०६५ मा पहिलो विदेश भ्रमण भारतबाट सुरु नगरी चीनबाट गरेका कारण उनको भारतसँग सम्बन्ध बिग्रिएको थियो।स्रोतका अनुसार चिनियाँ अधिकारीहरूले बेइजिङमा रहेका अर्थमन्त्री विष्णु पौडेलसँग पनि प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे चासो व्यक्त गर्नेछन्।
 
परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे कार्यतालिका बनिसकेको छैन।'फेब्रुअरी दोस्रो साता भारत भ्रमण गर्ने सामान्य समझदारी हो तर भारतीय पक्षले भ्रमणको केही पनि तयारी गरेको पाइएको छैन', ती अधिकारीले भने। 
 
उनका अनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सत्ता पक्ष र विपक्षी दलले संविधान संशोधनबारे समझदारी कायम गरेपछि मात्रै प्रधानमन्त्री ओलीको भ्रमणबारे ठोस गृहकार्य हुनेछ।भारतले वीरगन्जसहित सबै नाका सहज रूपमा खुला नगरेसम्म भारत भ्रमण नगर्ने अडान प्रधानमन्त्री ओलीले राख्दै आएका छन्। 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको पछिल्लो टेलिफोन वार्तामा पनि ओलीले यस्तै अडान राखेका थिए।ओलीले भारत भ्रमणको तयारीका लागि विभिन्न मन्त्रालयलाई अघिल्लो साता नै निर्देशन दिइसकेका छन्। 
 
भारतसँग हालसम्म भएका महत्वपूर्ण द्विपक्षीय सन्धि र सम्झौताको स्थितिबारे ठोस जानकारी दिन मन्त्रालयहरूलाई ओलीले लिखित निर्देशन दिएका थिए।
स्रोतका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका शक्तिशाली राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण गराउनुभन्दा पहिले नेपालका प्रधानमन्त्रीको भ्रमण गराउने चाहना चीनको छ। 
 
'तपाईंहरूको सडक र होटेलहरूको अवस्था कस्तो छ? हाम्रातर्फबाट नेपालमा उच्चस्तरको भ्रमण गराउँदा व्यवस्थापनमा तपाईंहरूलाई कठिनाइ पर्छ कि पर्दैन ?' छनको भनाइ उद्धृत गर्दै मन्त्री सापकोटाले भने।उनका अनुसार चिनियाँ राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने सम्भावना छ।
 
फेब्रुअरीमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय कंग्रेस र पिपुल नेसनल कंग्रेसले पार्टीका महासचिव तथा राष्ट्रपति सीको अन्तर्राष्ट्रिय मुलुकको भ्रमणको सैद्धान्तिक सहमति जनाउँदै सूची बनाउनेछ। 
 
बाबुराम भट्टराई प्रधानमन्त्री रहेका बेला चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले २०६८ माघ ३ मा एकदिने नेपाल भ्रमण गरेका थिए भने चिनियाँ विदेशमन्त्री वाङ यी भूकम्पपछि पुनर्निर्माणका लागि भएको दाता सम्मेलनमा भाग लिन काठमाडौं आएका थिए। चिनियाँ राष्ट्रपति ज्याङ जमिनपछि कुनै पनि राष्ट्रपतिले नेपाल भ्रमण गरेका छैनन्।
 
एमाओवादी नेता सापकोटासँग चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य छनले मधेस आन्दोलन र मधेसी नेताहरूसँग एमाओवादीको सम्बन्धबारे पनि जिज्ञासा राखेका थिए। 'मधेस आन्दोलन कस्तो हुँदैछ? मधेसी नेताहरू र माओवादी नेताको सम्बन्ध कस्तो छ?' छनको जिज्ञासा उद्धृत गर्दै सापकोटाले भने।
 
मधेस आन्दोलन सम्बोधन गर्न राजनीतिक दलबीच छलफल भइरहेको आफूले जानकारी गराएको सापकोटाले बताए। उनका अनुसार छनले माओवादी घटक दलका बीचमा भइरहेको एकताप्रक्रियाबारे पनि जिज्ञासा राखेका थिए।
Ref: annapurnapost