Sunday, 17 January 2016

केही दिनमै नाकाबन्दी अन्त्यको घोषणा: सरकारका प्रवक्ता

माघ ३, २०७२- सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले भारतले चार महिनादेखि लगाएको नाकाबन्दी केही दिनमै अन्त्य भएको घोषणा गर्ने बताएका छन् ।
सरकार केही दिनमै नेपालम जारी रहेको अघोषित नाकाबन्दी र राजनीतिक समस्या अन्त्य भएको घोषणा गर्ने तयारीमा रहेको सञ्चारमन्त्रीको भनाइ छ । ‘मोर्चासँग सकारात्मक सहमतिमा पुग्दैछौं । केही दिनमा शीर्ष तहमा छलफल गरेर राजनीतिक संकट समाधानको घोषणा गर्दैछौं,’ काठमाडौंमा आइतबार आयोजित साक्षात्कारमा सञ्चारमन्त्रीले भने, ‘राष्ट्रिय स्वाभिमानलाई झुक्न नदिने गरी कुटनीतिक तहमा छलफल भएको छ, अघोषित नाकाबन्दी अन्त्यको घोषणा गर्दैछौं ।’
मन्त्री राईले  मधेसी मोर्चासँग सहमति भइसकेको दाबी गर्दै सीमांकनमा राजनीतिक संयन्त्रलाई तीन महिनाको समय दिने र त्यसलाई संसदबाट बैधानिकता दिने बताए ।
मन्त्री राईले नाकाबन्दी अन्त्य, मधेसको समस्य समाधान, पुनर्निर्माण विधेयक, प्राधिकरण गठन, पुनर्निर्माण महाअभियानको सुरुवात जस्ता कारणले सरकार सफल भएको दावी गर्दै बाहिर हल्ला फैलाइए जस्तो सरकारले केही गर्न सकेन भनेर शिर निहुर्‍याउने अवस्था नरहेको बताए ।
उनले भने,‘ सरकारले सय दिनमा गरेको काम बुझ्ने गरी जनतालाई जानकारी दिने तयारी गरिरहेका छौ । प्रतिकुल परिस्थितिमा बनेको सरकारले राजनीतिक र कुटनीतिक समस्या समाधान गर्नु , अलपत्र परेको पुर्ननिर्माण विद्येयक पारित गराउनु, प्राधिकरण गठन गर्नु, पुर्ननिर्माण महाअभियान सुरु गर्नु, भुकम्प पीडितलाई न्यानोकोलागि १० हजार दिनु, प्रत्येक परिवारलाई दुई लाख अनुदान र थप सहुलियत कर्जा कार्यान्वयनमा लैजानु, दुई वर्षे सुधारको योजना ल्याउनु, विकासलाई तिब्रता दिन उच्चस्तरीय अनुगमन तथा निर्देशक समिति गठन गरेर काम सुरु हुनु । चीनसँग दिर्घकालिन रुपमा ब्यापार पारवहन तथा ईन्धन सम्झौताको आधार तयार हुनु सरकारको उपलब्धि हो ।’
मन्त्री राईले प्रधानमन्त्रीको लोडसेडिङ एक वर्षभित्र अन्त्य गर्ने घोषणालाई हल्का रुपमा लिएर हावादारी टिप्पणी नगर्न आग्रह गरे । उनले एउटा राजनीतिज्ञ, मुलुकको कार्यकारी प्रमुखले देखेको सपना र महत्त्वाकांक्षालाई कार्यान्वयन गर्ने दाबी गरे ।


Reference: ekantipur

No comments:

Post a Comment